क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा डान्स क्लबमा एक व्यक्तिले गोली चलाएर १० जनाको हत्या गरेका छन् ।

मृत्यु हुनेमा ५ जना महिला र ५ जना पुरुष रहेका छन् भने घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । क्यालिफोर्नियाको लस एन्जलस सहरको १ डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको बताएका छन् ।

उक्त क्लबमा गोली चलाएका ती व्यक्तिले नजिकैको अर्को क्लबलाई पनि निसाना बनाएका थिए तर त्यहाँबाट भाग्दै गर्दा उनलाई सशस्त्रको टोलीले घेरा पक्राउ गरेका थिए ।

घटना गराउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान रहेको जानकारी दिएका छन् । उनीहरू मध्ये केहीको अवस्था गम्भीर रहेको बताएका छन् ।