आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । आज नेपाली कांग्रेसको पदाधिकारी बैठकको लागी शेरबहादुर देउवा निवास धुम्बाराहीमा ९:३० बजे बस्ने भएका छन् ।

समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

उनले ९:३० बजे बैठकको लागि सभापतिले बोलाएका छन् । छलफलको विषय केही नभनिएको र त्यही गएपछि थाहा होला सह महामन्त्री बद्री पाण्डेले बताए ।

आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।

आजको बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।