प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयीक राजनीतिक विषयमा संवाद भइरहेको बताएका छन् ।

यसअघि सर्वदलीय बैठक पनि गरिसकेको र संसदलाई संचालनलगायतका विषयमा छलफल भएको बताएका छन् ।

उनलाई नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।