गृहमन्त्री लामिछानेको मुद्दामा एक जना न्यायाधीश फेरिए

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाई गर्ने इजलासमा १ जना न्यायाधीश फेरिएका छन् ।

यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेको बताएका छन् ।

यसअघि २२ पुसको सुनुवाइमा वरिष्ठतम न्यायाधीश श्रेष्ठ बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत रहेको बताएका छन् ।