आगलागी पीडितलाई मन्त्री राईको सहयोग

काठमाडौँ । धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराएका छन् ।

उनले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा पुगेर ८ पीडितलाई ५५ हजार सहयोग गरेका हुन् । मन्त्री राईले पीडित झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजारका साथै लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही ५/५ हजार प्रदान गरेका छन् । उनले आगजनीमा नष्ट भएको घर बनाउन पहल गरिने प्रतिबद्धता पनि बताएका छन् ।

स्थानीयवासीसँगको भेटमा मन्त्री राईले चाँडै नयाँ भूमि आयोग गठन गरेर भूमिहिनको समस्या समधान गरिने जानकारी दिएका छन् । धनकुटाको भूमिसम्बन्धी समस्या समधान गर्न जिल्लाका मालपोत अधिकृत र नापी अधिकृतसँग छलफल भइरहेको पनि उनको भनाइ रहेको थियो।

गत पुस ३० गते राति लागि हुँदा छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारका ५ घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको धनमाल क्षति भएको बताएका थिए ।