काठमाडौं क्यान्सर अस्पतालसँग एनआइसी एशिया बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

काठमाडौ । एनआईसी एशिया वैकका ग्राहकहरुले काठमाडौं क्यान्सर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछानेज्यू र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाज्यू हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्नुहुनेछ ।

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग NIC ASIA MoBank एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा3D CRT, IMRT, VMAT, Palliative Care र TBI (Total Body Radiation) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त सक्नेछन् ।

साथै, बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।