आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्ने भएका छन् ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताएका छन् ।