दुर्घटना परेर १ जना युवाको मृत्यु

काठमाडौँ । पाल्पामा दुर्घटना परेर १ जना युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएका छन् ।

आइतबार साँझ पाल्पाको रामपुर–५, कान्जीहाउस नजिकै पक्की सडकमा लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुरका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको बताएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा रामपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।