रवि विरुद्ध सवै खनिए, पालैपालो रविका विरुद्ध अभिव्यक्ति

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री समेत रहेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गर्दै गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति पछि क्रमश रवि विरुद्ध नेताहरु खनिन थालेका छन् ।
रवि लामिछानेले नेपालले आफू सरकारबाट बाहिरिने क्रममा अनागरिक बनाउनका लागि सञ्चार माध्यमहरुले खेलेको भूमिका प्रति रोष व्यक्त गरेका थिए । कान्तिपुर पव्लिकेशन लगायत आफूलाई ठूला भन्ने सञ्चार माध्यमहरुले पत्रकार आचार संहित विपरित कुनै एक व्यक्ति विरुद्ध लगातार समाचार संप्रेषण गरेको आरोप लगाएका थिए ।
उनले सञ्चार उद्यमीहरुलाई आफ्नो सञ्चार गृह व्यवस्थित ढंगले चलाउन आग्रह गर्दै राजनीति नै गर्ने हो भने आफू उठ्ने निर्वाचन क्षेत्रमा आएर प्रतिष्पर्धा गर्न समेत चुनौती दिएका थिए । नाम नै किटान गरी लामिछाने हरेक उद्यमीहरुलाई थर्काएर जर्वजस्ती शेयर आफ्नो कब्जामा लिने कान्तिपुरले अवका दिनमा गलत समाचार सम्प्रेषण गरे कार्यालय घेरा हाल्ने समेत चेतावनी दिएका थिए ।
हुन पनि रविले भनेका कुरा सतप्रतिशत भएको भन्दै धेरै उद्यमी तथा व्यवसायीहरुले मौन रुपमा समर्थन गरेका छन् । यद्यपी एउटा राजनीतिक दलहको नेतृत्व तथा देशको उपप्रधानमन्त्री भईसकेका व्यक्तिले दिएको अभिव्यक्ति सुहाउँदो नभएको टिप्पणी पनि नउठेको होइन ।
यसै क्रममा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लामिछानेले प्रेसमाथि नै धावा बोलेको आरोप लगाएका छन् । भने एमालेका नेता भीम रावले रवि माथि छानविन गर्नु पर्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपाल पत्रकार महासंघले विज्ञप्ति नै जारी गरी आपत्ति प्रकट गरिसकेको छ ।
छोटो समयमा नै लोकप्रिय भएका कारण पनि रवि विरुद्ध अनेकौ षडयन्त्र नभएका भने होइनन् । यद्यपी क्रमश रविका विरुद्ध लाग्नु भनेको नयाँ राजनीतिक दल र युवा पुस्तालाई असफल बनाउने खेल हो भएको टिप्पणी गर्दा नै वेश होला ।