श्रीलंकामा ६६ प्रतिशतले विद्युत महसुल वृद्धि

काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा ६६ प्रतिशतले विद्युत महसुल वृद्धि गरिरहेको छ । श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोगले सो निर्णय गरेको हो ।

आगामी बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिइएको जनाइएको छ । आयोगलाई जनवरीको सुरुमै राज्यको स्वामित्वमा रहेको विद्युत उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड घाटामा रहेको भन्दै विद्युत शुल्कमा ६६ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव आएको थियो ।

श्रीलङ्काको सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा राज्य नियन्त्रित विद्युत उत्पादक सिलोनले ४१ करोड ६० लाख अमेरिकी डलर बराबरको नोक्सानी व्यहोरेको थियो ।