धैर्य गरौं, हतार नगरौं राष्ट्रपति सँधै यसरी नै हिड्लान् र ?

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बसन्तपुरस्थित कुमारीको दर्शन पछि बाहिरिनुहुँदै । तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । नवनियुक्ति राष्ट्रपति रामचन्द्र पौडेल कारगेट विना नै कुमारी मन्दिर दर्शन गएको भन्दै अहिले सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरुले समेत निकै स्तुति गान गर्न थालेका छन् । राष्ट्रपति पौडेलेको पहिलो सवारीका क्रममा जनताले पाएको सास्तीका कारण निकै आलोचित हुनु परेको थियो ।

त्यही आलोचनाका कारण भन्दै पौडेल कारगेट विना नै कुमारीको दर्शन गर्न पुगे भनिएको छ । वसन्तपुर स्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कारगेट विना नै गए । यो निकै नै राम्रो कार्य हो । तर, आज एकदिनको सवारीलाई देखेर पौडेलेको मूल्यांकन गर्ने समय भने आएको छैन ।

राष्ट्रपति पौडेल आज के कारणले कारगेट विना नै कुमारी दर्शन गए ? पाँच वर्षको कार्यकाल रहेका राष्ट्रपति पौडेलेको आज कै जस्तो गरी विना कारगेट कार्यक्रम वा अन्य भ्रमणमा सवारी होला ? पशुपति मन्दिर जाँदा गाली जनताको तीव्र विरोध आएको थियो ।

त्यही समाचार सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म फैलियो । आज फेरि विना कारगेट भन्दै अवस्था उही दोहोरियो । यो देशमा राष्ट्रपति हिजोको राजा जस्तै हुन खोजेको हो र ? होइन भने कारगेटको कुरा किन चाहियो र ? २५ गतेसम्म कांग्रेस नेताका रुपमा रहेका रामचन्द्र पौडेले एउटै गाडीमा हिड्ने भने अहिले राष्ट्रपतिको हैसियले राज्यले दिएको सुरक्षा वा अन्य सुविधा उनले लिने छन् ।

कुनै बेला तात्कालिन राजा वीरेन्द्र विर विक्रम शाह पनि नारायणहिटी राजदरबारबाट छोरी श्रुतिको घर ठमेलसम्म हिडेंर पुगेको थिए । आज राष्ट्रपति रामचन्द्र पौडेल कुमारी मन्दिर दर्शन गर्न पुगे त्यसका के नौलो कुरा भयो ।

यदि राष्ट्रपति, उपराष्ट्रपति लगायतका भिभिआईपीको सवारीका बेला सवारी रोकिए, जनताले सास्ती पाए भन्ने हल्ला सञ्चार माध्यमहरुले वा सामाजिक सञ्जाल चलाउनेहरुले गर्ने हो भने त्यो मुर्खता हुने छ ।

यदि हामीले राष्ट्रपति लगायतका भिभिआईपीलाई सम्मान गर्ने हो भने उहाँहरुलाई दिँदै आईरहेको सवारी सुविधाका नाममा जनताले दुख पाउने सुविधा कटाउन समाचार लेखौं, सामाजिक सञ्जालमा आफ्नो भनाई राखौं । होइन भने सवारी जाम भो जनताले कष्ट पाए भन्दै घुर्की लगाउनु वा कारगेट विना नै गए भन्दै दंग पर्नुको कुनै अर्थ छैन ।

त्यसबेला सम्मान हुनेछ जुन बेला पद सकेर फर्किदै गर्दासम्म यसै गरी सहज रुपमा सरल तरिकाको सवारी यात्रा हुने छ । त्यसैले राष्ट्रपतिको सवारीका विषलाई लिएर दंग पर्ने बेला छैन, धैर्य गरौं, हतार नगरौं बरु सँधै यसरी नै हिड्ने वातावरण सिर्जना गरौं ।