नवनिर्वाचित उपराष्ट्रपति यादवले विहान १० बजे शपथ लिने

काठमाडौ‌ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् । उनलाई सोमबार बिहान १० बजे राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन्।

यही चैत ३ गते सम्पन्न भएको उपराष्ट्रपति पदको निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

उपराष्ट्रपतिबाट निर्वाचित भएसँगै यादवले आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी र सांसद पदबाट समेत दिएका छन् । उपराष्ट्रपति यादव सोमबार नै उपराष्ट्रपति कार्यालयको भवनमा सर्ने पनि जनाइएको छ ।