पत्रकार महासंघ काठमाडौंले घोषणा गर्यो आर्दश पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । महासंघको यस घोषणाले वास्तविक पत्रकार निकै खुशी देखिएका छन् ।

नेपाल पत्रकार महासंघ राजनीतिक दलहरुको अखडा बनिरहेको बेला एवं पत्रकारितालाई राजनीतिक दलको पर्चाकारिताको आरोप लागिरहेको अवस्थामा महासंघले घोषणा गरेको आर्दश पत्रकारिता पुरस्कारले त्यसलाई चिर्न खोजेको संकेत दिएको छ ।

पत्रकार महासंघ काठमाडौं शाखाको काठमाडौं उत्तरपूर्वी भेग शंखरापुरको जर्सिङ पौवामा बसेको पूर्ण वैठकले सो पुरस्कार घोषणा गरेको महासंघका सचिव महेश्वर गौतमद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर पुरस्कार साँच्चै आदर्शवादी पत्रकारले हासिल गर्ने छ वा दलसँग बषौं जोडिएर काम गरिरहेको व्यक्तिले पाउने छ त्यो भने भविष्यले नै देखाउने छ । जे होस् । पत्रकार महासंघ काठमाडौंले आदर्श पत्रकारिता स्थापित गर्ने योजनाको यसले संकेत पनि गरेको छ