शिक्षा सुधारका लागि विश्व बैंकले १६ अर्ब सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको क्षिक्षा क्षेत्रका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।

बैंकले हालै नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर सहयोगको प्रस्तावलाई स्वीकृत गरेको बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो ।

बैंकले नेपालको विद्यालय क्षेत्र रुपान्तर कार्यक्रमका लागि सहयोग गरेको हो ।

परियोजना अन्तर्गत गुणस्तरीय एवं समतामूलक प्राथमिक शिक्षाको विस्तारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।