बाल विवाहका चुनौती सम्वन्धी नीति सम्वाद सम्पन्न

काठमाडौं । नेपालमा बालविवाहको वर्तमान अवस्था, चुनौतीहरु तथा भावि कार्यदिशा विषयक एक उच्च स्तरिय नीतिगत सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

एनएसिजी नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका सञ्जालहरु, सामाजिक संघ सस्थाहरु, विकासका साझेदार संस्थाहरु तथा सम्बन्न्धित सरकारी नियकाहरुको संयुक्त उपस्थिती रहेको थियो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका यमलाल भुषालले नेपाल सरकारको तर्फबाट बालविवाह रोकथामका निमित्त विद्यमान कानुनहरु तथा भईरहेको प्रयासहरुको बारेमा कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा विभिन्न प्रदेश तथा स्थानिय सरकाररुले सकारात्मक प्रयासहरुको बावजुद पनि बालविवाह रोकथम गर्न चुनौती भइरहेको कुरा जानकारी गराए ।