आकर्षक नगद छुट र स्पेशल सेलिवे्रशन डिस्काउन्ट

काठमाडौँ । ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ ।

यो अफर नेपालभर १५ दिनसम्म चालु रहने कम्पनीले जनाएको छ । यो अवधिमा खरिद गरिएका जि.डब्लु.एम का सबै मोडलका गाडीहरुको खरीदमा रु.५ लाख बराबरको फाइदा उपलब्ध हुनेछ जसमा आकर्षक नगद छुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु मान्य हुनेछ । ‘हर्षमय नव वर्ष २०८०’ अभियान ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै सार्वजनिक गरेको समेत कम्पनीले जनाएको छ ।

यो अफरमा ग्राहकले आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन छुट सहित ५ लाखसम्मको फाइदा पाउने, हरेक जि.डब्लु.एम गाडीको खरिदमा, ग्राहकले निशुल्क एक्सेसोरिज का साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने समेत कम्पनीले जानकारी दिएको छ।