चलचित्र अमाजोन प्राइम अमेरिकामा

काठमाडौँ । प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र अमाजोन प्राइममा रिलिज हुने भएको छ । ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदै छ ।

‘गोर्खा स् बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको चलचित्र अब ‘१९१५ लेजेन्ड अफ गोर्खाज’को नामबाट रिलिज हुन लागेको हो ।

अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एसएनआरफिल्म्सले चलचित्रको वितरण गर्दैछ । युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज गरिने निर्माण निर्देशक शाही आफैँले लेखेको चलचित्रको कथा साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।