नेपाल आइपुगे साउथ सुपस्टार अजित कुमार

काठमाडौँ । सिलगुढी हुँदै साउथ सुपरस्टार अजित कुमार नेपाल आएका छन् । अजित भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन् ।

उनी नेपालमा रहेको तस्बिर तथा केही भिडियो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसमा उनी फ्यानबाट घेरिएका छन्, भने उनलाई केही क्यामराले फलो गरेको पनि देख्न सकिन्छ ।

उनी नेपालको मुस्ताङमा एक फिल्मको छायाङ्कनका लागि आएको बताइन्छ । उनी कुन फिल्मका लागि नेपाल आएको त्यसको आधिकारी जानकारी भने बाहिर आएको छैन ।

सन् २०२२ को अक्टोबरमा अजित बाइक हाँकेरै थाइल्यान्डसम्म पुगेका थिए । उनी बाइक चलाएर यूरोप समेत पुगिसकेका छन् । अजित पछिल्लो पटक फिल्म ‘भलिमै’मा देखिएका थिए ।