सडक दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक २ वटा एकापसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन् ।

घाइतेहरूलाई नजिकैको अस्पताल पु¥याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको वाहन ठोक्किएको प्रहरीले जनाएको छ ।