काठमाडौं, मंसिर । सि.आर.भि.केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल सात हजार घुस सहित पक्राउ परेका छन् ।
प्रहरी सहायक निरिक्षण्क दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई बिभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने प्रयोजनको लागि घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु.७ हजार लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं .६ घाँसचोकबाट पक्राउ रकमसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
Add Comment