कस्ले दिर्यो उर्फी जावेदलाई मार्ने धम्की

काठमाडौँ । भारतीय मोडल तथा टिभी अभिनेत्री उर्फी जावेदलाई कुटपिट गरी मार्ने धम्की आएको बताएकी छिन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार आइतबार उर्फीले एक भिडियो सार्वजनिक गर्दै आफूलाई केही दिन यता कुटपिटको धम्की दिँदै फोन आइरहेको बताएकी छिन् ।

उर्फीले सार्वजनिक गरेको भिडियोमा उनी प्रहरी चौकी बाहिर बसेको देखिएको छ । भिडियोमा उर्फीले निर्देशक नीरज पाण्डेको अफिसबाट फोन आएको बताएकी छिन् । नीरजको अफिसमा कार्यरत एक कर्मचारीले उनलाई केही पोजेक्टको बारेमा कुरा गर्न अफिस बोलाएको उनले बताइन् ।

उनले भनिन्,मलाई नीरज पाण्डेको अफिसबाट कसैले फोन गर्‍यो। त्यो व्यक्तिले आफू निर्देशकको सहायक हुँ र सरले तिमीलाई भेट्न चाहेको बताए । त्यसपछि मैले उहाँलाई पोजेक्टको सबै विवरण मलाई दिनुस् अनि मात्र भेट्छु भने, त्यो व्यक्ति मसँग रिसाएर मलाई भने, नीरज पाण्डेको अपमान गर्ने हिम्मत तिम्रो कसरी भयो ?

उर्फीले थप्दै भनेकी छिन्, ‘त्यो व्यक्तिले मलाई तिम्रो कारको नम्बर र तिम्रो बारेमा सबै थाहा छ म तिमीलाई कुटीकुटी मार्छु भन्दै धम्की दिए ।’ यस विषयमा नीरजले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । एजेन्सी