मालीमा फेरि हिंसा भड्कियो

काठमाडौँ । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र ३ जना सैनिक जवानको मृत्यु भएको छ ।

अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान मृत्यु भएको र ६१ जना घाइते भएका सरकारले एक विज्ञप्ति निकालेर बताएको छ ।

विष्फोटबाट विमानस्थल वरपरका केही घरहरू ध्वस्त भएका छन् । बहादुरीपूर्वक विद्रोहीको सामना गरेका सुरक्षा फौजका जवानले आक्रमणकारीलाई परास्त गरेका विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१२ मा देशको उत्तरी भागमा जिहादी पृथकतावादी विद्राह शुरु भएपछि मालीको शान्ति सुरक्षामा सङ्कट उत्पन्न भएको छ । सन् २०२० को अगष्टदेखि राजनीतिक व्यक्तिहरूको परिषद्ले सत्ता सम्हालेको छ ।

फ्रान्स र अन्य पश्चिमा साझेदारसँगको सहयोगमा जिहादीविरुद्ध सङ्घर्षरत माली ती साझेदारसँगको लामो समयदेखिको सम्बन्ध तोडेर सैन्य र राजनीतिक रुपमा रुसतर्फ मोडिएको छ ।