चलचित्र ‘सतीदेवी’ को छायांकन सुरु

काठमाडौँ । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहूर्त गर्दै चलचित्र ‘सतीदेवी’ को छायांकन सुरु गरिएको छ ।

पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने यस चलचित्रको काठमाडौंमा सोमबार साँझसम्म छायांकन गरेपछि निर्माण टिम लम्जुङ प्रस्थान गर्नेछ। लक्ष्मणले सामाजिक सञ्जालमार्फत केही तस्वीर सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।

बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । चलचित्रको गीतमा दीपक शर्मा र सुभाष भुषालले संगीत भरेका छन् ।

चलचित्रमा मालिका महत, भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दिप बाबु लोहनी, सुजिता सिवाकोटी, विमल श्रेष्ठ, तुलसी प्रसाद श्रेष्ठ, मनिषा सापकोटा, सृजना अधिकारी, बाल कलाकारहरु हर्षिका वली र मन्जिला बानियाँको पनि अभिनय रहने छ ।