प्रचारप्रसारमा ‘ज्याकी–आई एम ट्वान्टी वान’

काठमाडौँ । वैशाख २१ गतेदेखि देशैभरी चलचित्र ‘ज्याकी–आई एम ट्वान्टी वान’ चलचित्रको प्रदर्शन हुने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा नेपालगञ्ज पुगेका टिमले नेपाली दर्शकमाझ चलचित्रमार्फत नयाँ कथा प्रस्तुत गर्न खोजेको जनाएको छ ।

काठमाडौँबाट बुटवल हुँदै नेपालगञ्ज पुगेका उक्त टोलीमा रहेका चलचित्रका अभिनेता धिरज मगरले ‘ज्याकी–आई एम ट्वान्टी वान’ मा युवालाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सङ्घर्षलाई देखाइएको छ । चलचित्रमार्फत नेपालमा पहिलो पटक ‘हिपहप डान्स’को कथालाई समेटिएको उनले जानकारी दिए।

निर्देशक रेनशा राई राणाको निर्देशनमा बनेको फिल्म दर्शकको प्रतिक्षित फिल्म पनि हो। फिल्म चल्नु अगाडि नै दर्शकहरुसँग भेटघाट गर्न पाउँदा अत्यन्त खुसी लागेको नायिक जसिता गुरुंगले बताईन। दर्शकले फिल्म ‘आई एम ट्वान्टी वान’लाई लिएर निकै सकारात्मक विचार व्यक्त गरेकोमा आफु अत्यन्त उत्साहित भएको नायिका गुरुङले बताएकी छिन।