मूलपानीमा खेल रद्ध , साउदीसँग अंक बाँड्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन्। नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने खेल वर्षा कारण मध्यान्ह १२स्३० बजेसम्न पनि टस हुन सकेन। खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ुएु मा एक एक अंक बाँडेका छन्। एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ।

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेल १४ वैशाखमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।

समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।