बारा २ मा मतगणना सुरु

काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । आईतबार सम्पन्न मतदान शैक्षिक तालिक केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई नगरपालिका १ बाट सुरु गरिएको छ ।

यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव,  नेकपा  एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।