तनहुँ–१ अपडेट : रास्वपाका डा. वाग्लेले ११ हजार मत कटाए

तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले ११ हजार मत कटाएका छन् ।

पछिल्लो परिणाम अनुसार डा. वाग्लेले ११ हजार ४ सय २८ मत पाएका छन् । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४ सय ३५ मत पाएका छन् ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।