चितवन २ मा मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ।

आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगण्नामा सहमति नजुट्ने अडान राखेका थिए ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।