मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सुरक्षित

काठमाडौँ । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

सो मिसनमा नेपाली सेनाका लागि २ जना, नेपाल प्रहरीका ३ जना र सशस्त्र प्रहरीका १ जना अधिकारी छन् । उनीहरु हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि २ जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उनले बताए ।