ओली भन्छन्, ‘टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न’

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका कारण फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको एमाले अध्यक्ष ओलील्े बताएका छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न सिंहदरबार पुगेका ओलीले प्रधामन्त्रीसँगको भेटपछि सो कुरा बताएका हुन् ।

हिजोसम्म रायमाझी भागेर कतै जानेमान्छे होइन भन्ने ओलीले शनिबार भने रायमाझी सम्पर्कमा नभएको स्वीकार गरे । अपराधीलाई जोगाउन ओली लागेको चर्चा चल्न थालेको भन्ने जिज्ञासमा ओलीले आपूm विरुद्ध हल्ला चलाएको बताए ।