दिउँसो ४ बजेबाट संघीय संसदको बर्षे अधिवशेन शुरु

काठमाडौं । केही दिन अघि मात्र प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरे पनि आईतबार ४ बजेबाट संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन शुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेबमोजिम अधिवेशन अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ।

त्यसैगरी सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने तालिका छ। त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्यतालिका छ।

बैठकको अन्तिममा अर्थमन्त्री डा. प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी ९कर प्रस्तावबाहेक० माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको आगामी बजेट र नीति तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो। यस अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आय व्यायको विवरण (बजेट)प्रस्तुत हुनेछ।