संसदमा आरजु देउवाको दम्भ, नारीले राजनीति गरेको किन सह्यै भएन

काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले नारीले राजनीति गरेको पुरुषहरुलाई सह्य नभएको हो भन्ने प्रश्न गर्दै संसदमा आफ्नो दम्भ देखाएकी छिन् । नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि उनले प्रतिनिधसभामा उनले आकस्मिक समय लिएर आफू राजनीतिमा आएकाले असह्य भएको हो की भन्दै तथ्यहिन आरोप लगाएको भन्दै खण्डन गरेकी छिन् ।

सांसद राणाले भनिन्, ‘एउटी नारीले राजनीति गरेको सैह्य नहुने रहेछ यहाँ । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरुले भनेको मात्र भाष्य हामीले बोल्नुपर्ने, उनीहरुले भनेको मात्र हामी एक्सरसाइज गर्नुपर्ने ।

त्योभन्दा अलि आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई त्यो असह्य हुने यो परिस्थिति यहाँ बनेको छ । नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय रुपमा यो रहेको छ । त्यसको विरोधमा हो हामीले यो संविधान लेखेको ।’

महिला अधिकारका नाममा एनजीओ चलाउँदा चलाउँदै शेरबहादुर देउवाकी पत्नी भएकै कारण समानुपातिकबाट सांसद बन्न पाएकी आरजुको संसदमा दम्भ देखेर अरु कांग्रेसी सांसद भने तीन छक्क परेका छन् ।