हतारमा निर्णय लिने रविले ढाकारामलाई न्याय देलान् कि नदेलान् ?

काठमाडौं । राजनीतिमा प्रवेश गरेको छोटा अवधिमा नै महत्वपूर्ण पदमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने हतारमा निर्णय लिने व्यक्ति हुन् । जसले वर्तमान अवस्थालाई त फाइदा पुग्ला तर कालान्तरमा त्यसले सजिलो भने बनाउँदैन । भन्ने गरिन्छ हतारमा निर्णय गरेर फुर्सदले पछुताउनु भन्दा फुर्सदले निर्णय लिनु उपयुक्त हुन्छ । केही वक्कफुस्से युट्युवहरुले घुस मागेको चर्चामा ल्याएकै कारण आफ्नै सहकर्मी सांसद ढाकारामलाई सांसद पदबाट हटाउने हतारको निर्णय रविले लिए तर रवि अव पछुताउने बेला भएको छ ।
हुन त विगतदेखि नै रविको हतारले धेरै कुरा विग्रिएको पनि छ । उनीमा भएको दम्भले गर्दा यस्तो भएको हो । रविले थोरै समय पनि नकुरेर कार्वाही भोगेका र सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठलार्य तत्काल कार्वाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरको छ । जेठ ५ गतेसम्म ढाकाकुमारमाथिको कारबाही यथावत राख्न अदालतको आदेश छ । तर, रास्वपासँग अब उनको सम्बन्ध कस्तो बन्ला त ?

मन्त्री बन्न २ करोड घुस रकम मागेको आरोप लागेपछि पार्टीको कारबाहीमा परेका तत्कालीन सांसद ढाकाकुमारले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका थिए । अडियो प्रकरणमा आफूलाई फसाइएको दाबी गरेका उनले अदालतबाट क्लिन चिट ल्याएर आफू फेरि सांसदको भूमिकामा फर्किने जिकिर रास्वपा केन्द्रिय कार्यालय धुम्बाराहीमा गरेका थिए ।

विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको आर्थिक लेनदेन प्रकरणमा ढाकाकुमारलाई आरोप लगाएका थिए । तर, सोहि अडियोका कारण कारबाही परेपछि सांसद पद नै गुमाएका ढाकालाई अदालतको अल्पकालीन अन्तरिम आदेशले भने केहि राहत दिएको छ ।

प्रतिनिधिसभामा ढाकाकुमारमाथि कारबाही भएको सुचना सभामुखले दिई सकेका छन् । कारबाही नै केहि समयसम्म रोकेर राखेका सभामुखले ढाकाकुमारलाई कारबाही गरेपनि उनी अदालत पुगे । सर्वोच्चले ढाकाकुमारलाई कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको छ । तर, रास्वपाबाटै सोमबार नै ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंंशाकार सामानुपातिक सांसद नियुक्त भएकी छन् ।

न्यायधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिको नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेश थोरै समयका लागि हुन्छ । यसकारण पनि ढाकाकुमारको विषय केहि समयमै एउटा निष्कर्षमा पुग्नेछ । तर, सांसद नियुक्त भइसकेकी कंसाकार भने तत्काल सांसद पदको सपथ लिन नपाउने भएकी छन् ।
चर्चामा आउन रुचाउने रवि लामिछानेले हतारमा गरेको निर्णय सर्वोच्चको अन्तरिम आदेश पछि के होला ? रवि यही दम्भमा जालान् या चर्चामा आउनका लागि हतारमा निर्णय गर्ने कार्य छाड्लान् । अरुलाई न्याय दिन्छु भन्दै डिङ्ग हाँक्ने रविले ढाकारामलाई न्याय देलान् कि नदेलान् ?