अदालतको आदेश पछि पूर्व गृहमन्त्री खाँण हिरासतमा

काठमाडौं । पछिल्लो समय निकै चर्चित बनेको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा बुधबार विहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई आज बुधबार बिहान निवासबाटै पक्रेको थियो ।

वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले उनलाई भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगेको थियो ।

बुधबार नै काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।