घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । साताको छैटौं दिन आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

छापावाल सुनको मूल्य आज शुक्रबार ८ सय रूपैयाँले घटेर १ लाख १० हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ५५ रूपैयाँले घटेर १ हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।