दोस्रो दिनको एमाले बैठक सुरु

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको हो ।

पहिलो दिन सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

शुक्रवारको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत ५ वटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् । प्रस्तुत रिपोर्टमाथि समूह विभाजन गरी आजै छलफल हुने एमालेले जनाएको छ ।

बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गर्दैछन् ।