जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ । भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमचोक गाउँपालिका–४ सिपाक बस्ने २४ वर्षीय शुक्र बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।