प्रतिनिधि सभा बैठक शुरु, नीति तथा कार्यक्रममाथि छलफल गरिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने छ ।

सत्ता घटक दलहरुले नीति तथा कार्यक्रम राम्रो आएको प्रतिक्रिया दिएका छन् भने विपक्षी दलहरुले पुरानै कार्यक्रमको कपि पेष्ट भएको बताएका छन् ।