राजश्व संकलनमा पनि अन्तराष्ट्रिय समुदायलाई गुहार्न मिल्छ : ओली

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजश्व संकलनमा पनि अन्तराष्ट्रिय समुदायलाई गुहारेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै ओलीले उद्देश्यहीन नीति पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याएको बताएका हुन्।

प्रचण्ड सरकार आत्मरतिमा रमाइरहेको ओलीले आरोप लगाए। उनले सरकारको नीति तथा कार्यक्रमले उत्साह सिर्जना गर्न नसकेको पनि टिप्पणी गरे।

‘सरकार बेखबर भएको हो कि आत्मरतिमा रमाएको हो किरु आफूले बुझे पनि जनतालाई बुझ्न नदिएको हो कि ?,’ उनले भने। सरकार अन्तराष्ट्रिय समुदायसँगको संवादमा पनि असफल भएको ओलीको आरोप छ।

‘राजश्व संकलनमा पनि अन्तराष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ?,’ओलीले प्रश्न गरे।