साताको पहिलो दिन बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार सामान्य अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक ५.८८ प्रतिशतले बढेर १८८३.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।

आज २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर १ अर्ब४ ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँमा खरिदबिक्री भयो। ३४ हजार ३३१ पटक कारोबार भयो।

यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तीय वित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड १७ लाख ६५ हजार मूल्य बराबरको सेयर कारोबार भयो।

राष्ट्रिय विमा कम्पनीको ५ करोड २८ लाख र तारागाउँ रिजेन्सी होटलको ४ करोड बढि रुपैयाँको सेयर कारोबार भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। डेभलपमेन्ट बैंक,फाइनान्स,हाइड्रोपावर र मनु एन्ड प्रोको सेयर मूल्य घट्दा बाँकी उपसमूहको सूचक बढेको हो।

९३ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको मूल्य ओरालो लागेको हो। बाँकी १३ को मूल्य स्थिर रह्यो।