हत्या गरेको आरोपमा सभामुखका छोरा पक्राउ

काठमाडौँ । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित ४ जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई जना प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ । क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।