मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भोली ल्याउँदैछ। आजको मन्त्रिपरिषद्मा आगामी आर्थिक वर्षको बजेट, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न भारत भ्रमण र समसामियक विषयवस्तुमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री चार दिने भ्रमणका लागि बुधबार भारत जाँदैछन्।