कोशी प्रदेश नामकरण विवाद : पहिचान पक्षधर र प्रहरीबीच झडप, निषेधाज्ञा जारी

काठमाडौं । कोशी प्रदेशको नामकरण विषयमा असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ ।

विराटनगरस्थित देवकोटा चोकमा आइतवार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

प्रहरीमाथि आन्दोलनकारीले  ढुंगा प्रहार गरेपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । प्रहरीले भिड नियन्त्रणमा लिन पानीको फोहरा हानेको छ भने अश्रुग्याँस समेत प्रहार गरेको छ ।

प्रदेश नामकरणपछि आज पहिलोपटक प्रदेश सभा बैठक बस्दै छ । त्यसैलाई लक्षितगरी उनीहरूले आन्दोलन चर्काएका हुन् ।

तर, यसअघि शनिवारदेखि नै स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी गरिसकेको छ ।