यो बजेटमा युवालक्षित कार्यक्रम ल्याउँछौं : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेको बजेटमा धेरै नयाँ कार्यक्रम राख्ने स्थिति नभएको बताएका छन् ।

नेकपा माओवादीनिकट प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ७५३ वटै पालिकामा कृषि उत्पादनको वृद्धि र युवालक्षित कार्यक्रम ल्याउले उनले बताए ।

उनले भने, ‘भोलि बजेट आउँदैछ। हामीले धेरै जटिल परिस्थितिमा नीति तथा कार्यक्रम ल्याएका छौं । हिजो निकै चर्को बहसपछि पवारित भयो । नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गरेन भने नीति तथा कार्यक्रम कागजमात्रै बन्न जान्छ । हाम्रो पूरै कोसिस बजेटले सपोर्ट गर्छ भन्नेछ ।’

‘७५३ वटै पालिकामा कृषि उत्पादनको वृद्धि र युवालक्षित कार्यक्रम ल्याउँछौं । यो बजेट जनताको पक्षमा काम गर्नेछ, उनले भने ।’