गाँजा अहिले बिग बिजिनेस भएको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।

सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अहिले गाँजा बिग बिजिनेस भएको पनि बताए । उनले भने ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानून बनायौं, रोक्यौं । यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो की ?’