भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री भन्छन् : बरु सरकार छाड्न परोस्, भ्रष्टाचारीलाई उन्मुक्ति दिन्नौँ

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्।

बुधबार बिहान प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन्। अहिले सत्ता टिकाउनकै लगि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका उत्पन्न भएकोमा बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई उन्मुक्ति नदिने उनले बताए।

भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुन्छ, बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा छौँ,’प्रधानमन्त्रीले भने। भ्रष्टाचारविरुद्धको अभियान जारी रहने पनि उनले बताए।

उनले यतिबेला आफू संसद्‌मा ‘वन मेन आर्मीु जस्तो हुनुपरेको बताए। ‘जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ,’उनले भने, ‘ओलीहरू देख्नुभयो नि ! लोकतन्त्रको नम्स भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिराखेको छु। हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु। बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट। हुँदै नहुने कुरो थियो नि !’

आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको पनि उनले बताए।