भुटानी शरणार्थी प्रकरण : आदेश आज आउँदै, अदालत वरपरको सुरक्षामा कडाइ

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आज नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश जारी गर्ने तयारी गरेको छ ।

वादी र प्रतिवादीतर्फबा अधिवक्ताहरूले थुनछेक बहस सकेसँगै न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले आज आदेश जारी गर्न लागेको हो ।

आज थुनछेक आदेश जारी हुनेछ । यसपछि पूर्पक्षका लागि थुनामा पठाइनेहरू कारागार चलान चलान हुनेछन् । त्यस्तै साधारण तारेख र धरौटीमा रिहा हुनेहरू भने बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।

आदेश आउने तयारी भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला अदालतको तेस्रो तल्लामा रहेका प्रतिवादीका आफन्तसहित अन्य सेवाग्राहीलाई त्यहाँबाट हटाइएको छ । बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ भने प्रवेशमा पनि साविकभन्दा कडाइ गरिएको छ ।