विश्वकप छनोट : नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज (मंगलबार) अमेरिकासँग भिड्दै छ ।

खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको ताकासि‌ंगा स्पोर्ट्स क्लबमा हुनेछ। आजको खेलमा नेपाल र अमेरिका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हार्‍यो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले।