रवि लामिछानेले बालेन र हर्क साम्पाङको प्रशंसा गर्दै के भने ?

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ जनताको सेवक भएकाले मिलेर काम गर्न आग्रह गरे ।

उनले धरान उपमहानरका मेयर हर्क साम्पाङको प्रेरणाबाट चितवनमा अहिले पानी ल्याएको बताए ।

उनले भने, ‘हर्क साम्पाङले धरानमा ढुंगा बोक्ने अभियान सुरू नगरेको भए मलाई पानी ल्याउने कुरामा प्रेरणा मिल्ने थिएन । आज उहाँ विशेष कारणले उपस्थित हुन सक्नुभएन ।’

उनले काठमाडौं महानगरका मेयर बालेन शाहबाट पनि प्रेरणा लिएको बताए । रविले नयाँ र पुराना दलहरूबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए । शिक्षा र स्वास्थ्यमा बालेनले गरेको कामबाट आफूलाई प्रेरणा मिलेको बताए ।

विस्तारै एकएक गर्दै देशलाई नै आत्मनिर्भर बनाउँदै जानुपर्ने बताए ।