अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । उकसा लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रमममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए ।